झापा । १९ दिनअघि झापाको अर्जुनधारा नगरपालिका ९ बाह्रघरेस्थित शनिश्चरे–जयपुर सडकखण्डमा भएको स्कुटर दुर्घटनामा घाइते भएका नरेन्द्रप्रसाद अधिकारीको उपचारका क्रममा निधन भएको छ।
गत असार १० गते साँझ करिब ६ बजे शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ४५४ नम्बरको स्कुटरले बाटो काट्दै गरेको मे. ९ प १५०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्कुटर चालक ७० वर्षीय अधिकारी गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका अधिकारीलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालबाट घर लगिएका अधिकारीको आज बिहान ३ः३० बजे घरमै मृत्यु भएको बिर्तामोड प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा स्कुटरमा पछाडि सवार उनकी बुहारी सीता गौतम अधिकारीको हात र खुट्टामा सामान्य चोट लागेको थियो भने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका १ निवासी २० वर्षीय साहिल साह पनि सामान्य घाइते भएका थिए।