झापा । शिवसताक्षी नगरपालिका ११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्माको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

 

पाँचथरको तुम्बेवामा जन्मिएका हाल झापाको दमक १ मा बस्दै आएका ४९ वर्षीय शेर्माको आज दिउँसो करिब १ः३० बजे दुर्घटनामा मृत्यु भएको हो।

 

केराबारीबाट धरानतर्फ जाँदै गर्दा मदन भण्डारी राजमार्गअन्तर्गत दर्लामी चोकमा उनी सवार मे. १२ प २०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका शेर्माको घटनास्थलमै मृत्यु भएको हो।