काँकरभिट्टा । झापाको मेचीनगर ६ स्थित पिङ्की ठ्याकबाट अर्जुनधारा ११ शिवालयका विवेक जवेगु प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
आज शनिबार दिउँसो २ बजेतिर लागूऔषध नियन्त्रण ब्यूरो र इप्रका काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका २१ वर्षीय जवेगुको साथबाट ६ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो ।
शंकास्पद अवस्थामा रहेका जवेगुको शरीर तलासी लिने क्रममा निजको साथबाट ब्राउनसुगर फेला परेपछि निज सवार प्र. १-०१-०१३ प ५२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरी इप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।