झापा । झापाको बाह्रदशी गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीनजना कारोबारी पक्राउ परेका छन् । उनीहरुको साथबाछ १३ ग्राम ६४० मिलिग्राम ब्राउनसुगर फेला परेको छ ।

 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बाह्रदशी ३ बाट ब्राउनसुगर खरिद विक्री गर्दै गरेको अवस्थामा उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा झापा कचनकवल १ का २० वर्षीय प्रकाश हरिजन, बाह्रदशी ३ का २१ वर्षीय मनिष राजवंशी र सोही ठाउँका २३ वर्षीय फागुलाल राजवंशी रहेका छन् ।

 

उनीहरुको साथबाट १३ ग्राम ६४० मिलिग्राम ब्राउनसुगर, एक थान डिजिटल तराजु र दुई थान मोबाइल बरामद भएको छ । तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।