झापा । भद्रपुरमा गाडीबाट मार्वल अनलोड गर्ने क्रममा थिचिँदा एकजना कामदारको मृत्यु भएको छ ।
हिजो दिउँसो १२ः४५ बजे भद्रपुर ५ स्थित सूर्य प्लाईउड फ्याक्ट्रीमा बन्दै गरेको नयाँ भवनमा काम गर्ने कामदारको मार्वलले थिचिएर मृत्यु भएको हो ।
काठमाडौँस्थित कोटेश्वर राम मन्दिर बस्ने ३१ वर्षीय राजेन्द्र खड्काले मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट मार्वल अनलोड गर्ने क्रममा जिउमाथि थिचिँदा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगी चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।