बिर्तामोड । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली एक वर्षपछि काँसघारीमा बेवारिसे अवस्थामा फेला परेका छन्।

 

इलाका प्रहरी कार्यालय दमकबाट लागूऔषध नियन्त्रणका लागि खटिएको स्वीप अपरेसन टोलीले लागूऔषध सेवनकर्ताहरू बस्ने गोप्य अखडाको खोजी गर्ने क्रममा दमक नगरपालिका ५ स्थित खरखरे खोलानजिक पैनीको डिलमा रहेको काँसघारीमा कालो प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा गोली फेला पारेको हो।

 

प्रहरीका अनुसार ‘ओएफबी १३ (५.५६) एमएम’ लेखिएका इन्सास राइफलमा प्रयोग हुने ३१ राउन्ड गोली बरामद भएको हो। ती गोली गत वर्षको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका थिए।