झापा । प्रतिबन्धित भारतीय चिठ्ठा र नगदसहित मेचीनगरमा एकजना पक्राउ परेका छन् । शनिबार बिहान ११ बजे मेचीनगर ६ काँकरभिट्टा बस्ने ४५ वर्षीय गेलु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शेर्पालाई नियन्त्रणमा लिई उनको घरमा खानतलासी गरेको थियो ।
त्यस क्रममा रोयल लेखिएको भारतीय चिठ्ठा १३ थान (प्रतिबुङ १०० पिसका दरले जम्मा १३०० प्रति) र नेपाली रूपैयाँ १००० दरको नोट १८ थान गरी १८ हजार, ५०० दरको २४ थान गरी १२ हजार, १०० दरको ६१ थान गरी ६ हजार १०० र ५० दरको ८ थान गरी ४०० गरी जम्मा ३६ हजार ५०० नगद बरामद भएको थियो ।