झापा । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि हिजो प्रदेशसभामा पेस भएको बजेटमा कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए ।
केही दिनअघि महाकाली नदीको बाढीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो । २०६१ सालमा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवतजावत प्रभावित बनेको छ ।