झापा । झापाको अर्जुनधारास्थित ओम चौकबाट तास र नगदसहित ६ जना जुवाडे शुक्रबार राति पक्राउ परेका छन् ।

 

राति १०ः१० बजे अर्जुनधारा ५ ओम चौकस्थित सीताराम थापाको घरमा अवैधरूपमा तास खेलाइरहेको अवस्थामा ती जुवाडे पक्राउ परेका हुन् ।

 

पक्राउ पर्नेहरुमा अर्जुनधारा ५ का ४१ वर्षीय किशोर थापा, ५५ वर्षीय सीताराम थापा, ४२ वर्षीय यम चौहान, ४५ वर्षीय निरजकुमार खनाल, ३८ वर्षीय बलबहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी रहेका छन् ।

 

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा नगद १ लाख २२ हजार ७८० रुपैयाँ, २ बुङ तास बरामद भएको छ ।

 

उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।