Spread the love

बिर्तामोड,झापा। सरस्वती एञ्जल्स् इङलिस स्कूल बिर्तामोड–६को २०औं वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ तिम्सिनाको अध्यक्षता र बिर्तामोड नगरपालिकाका शिक्षा अधिकारी युवराज पाण्डेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत विद्यालयका एकाडेमीक इञ्चार्ज वाङचु गोम्देनले गरेका थिए ।
प्रधानाध्यापक वासुदेव सिग्देलले विद्यालयको गतिविधि र भावी कार्यक्रमहरु उल्लेख गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा विद्यालयका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र लिम्बू, शिक्षक–अभिभावक संघका पूर्व अध्यक्षद्धय गंगा अधिकारी र लोकेन्द्र कन्दङवा, शिक्षक स्मृती थापा रहेका छन् ।
त्यसैगरी एसएलसी–एसईई २०७१का उत्कृष्ट विद्यार्थी सदीक्षा भण्डारी, २०७२का उत्कृष्ट विद्यार्थीद्धय निरज खरेल र रीया शर्मा, २०७३का उत्कृष्ट विद्यार्थी सुजन क्षेत्री र २०७४का उत्कृष्ट विद्यार्थी ममता देवान, उत्कृष्ट शिक्षक गीताञ्जली सुब्बा, उत्कृष्ट कर्मचारी कुमार थापा, उत्कृष्ट अभिभावक उषा अधिकारी, उत्कृष्ट क्याप्टेन कक्षा १०का सुसन गिरी सम्मानित भएका छन् ।
त्यस्तै अनुशासित विद्यार्थीतर्फ निकिता बस्नेत, नियमित विद्यार्थीतर्र्फ बिनिता कन्दङवा, गरिब तथा जेहेन्दार विद्यार्थीतर्फ निकिता सोरेन र पूर्ण छात्रवृत्ती प्राप्त विद्यार्थीतर्फ तुलसा भट्टराई, दिया गिरी र निकेश श्रेष्ठ सम्मानित भएका छन् ।कार्यक्रममा वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, प्याब्सन बिर्तामोड नगरका अध्यक्ष उत्तम खनाल, बुट्टाबारी प्रहरी चौकीका असई कुलप्रसाद सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष पदमसुन्दर कन्दङवा, दाता मोहनप्रसाद बाँस्कोटा, दाताराम तिम्सिना, युवराज बिमली, मोसेस खड्कालगायतको आतिथ्यता रहेको थियो ।
औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक कुलदिप घिमिरेले र सांस्कृतिक कार्यक्रमको सञ्चालन एमन रिजाल र इनुसा अधिकारी तथा इमिका राई र सुसन गिरीले गरेका थिए ।