Spread the love

दमक । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ ।

नवनिर्मीत भवनको लागत करिव ४ करोड बढी रहेको छ । नगरपालिका कार्यालय परिसर क्षेत्रमा निर्माण भएको भवनदेखि सम्पूर्ण प्रशासनिक कामकाजहरु सञ्चालन आउने प्रशासकीय अधिकृत गणेश तिम्सीनाले जानकारी दिए । नवनिर्मीत भवनको यहि चैत १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

नयाँ भवनमा प्रमुख,उपप्रमुख,प्रशासकीय अधिकृतसहितका ३७ वटा कार्यकक्षहरु त्यार गरिएका छन् । नयाँ भवनबाट सेवा सञ्चालन आएपछि नगरवासीलाई सहजता पुग्ने नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए । यससंगै नगरपालिका कार्यालय परिसरमा विभिन्न चारवटा भवन सञ्चालनमा आउने छन् ।

यसैगरि नगरपालिकाले आफनो सेवालाई थप आधुनिकरण गर्न हेतुले जनतासँग सरकार कार्यक्रम शुरु गरेको छ । जनतालाई सिधै स्थानीय सरकार सँग जोड्न र जनताको गुनासो सुन्ने र स्थानीय सरकारको काम कारवाही थप प्रभावकारी वनाउन मोवाइल एपमार्फत त्यस्तो कार्यक्रम शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत तिम्सीनाले बताएका छन् । एपमार्फत सर्वसाधारणले स्थानीय सरकारसंग आफना गुनासा राख्न सक्ने कार्यक्रमको लक्ष्य रहेको उनले जनाए ।