Spread the love

इलाम । इलामको रोङ गाउपालिकामा ४ सय ४६ जना सुकुम्बासी भूमीहिन परिवार रहेको तथ्याङक सार्बजनिक भएको छ । ब्यवस्थित बसोबास ब्यवस्थापन समितिले सार्बजनिक गरको प्रतिबेदनमा सो तथ्याङक देखाइएको छ ।

प्रतिबेदन अनुसार सबैभन्दा बढी वडा नम्बर २ मा २ सय ५२ जना सुकुम्बासी रहेका छन् भने ३ मा ४४ जना ५ मा ४३ जना सुकुम्बासी रहेका छन् । त्यसैगरी वडा नम्बर ४ र ६ मा ४०÷४० जना र १ मा २७ जना सुकुम्बासी रहेको तथ्याङक रहेको छ । त्यसैगरी ऐलानी प्रति जमिनमा घर बनाएर बसेका १ सय ७ घर रहेका छन् भने ओइलानी प्रति जमिन भोगचलन मात्र गर्नेको परिबारको संख्या १ हजार ३ सय ६ रहेको छ । त्यसैगरी ७ नम्बर फाराम वला सुकुम्बासी १ जना नापीमा छुट भएका सुकुम्बासी २३ जना रहेको प्रतिबेदनमा जनाइएको छ ।

१ जना मोहीले पनि ऐलानी प्रति फारम भरेको छ भने ४ नम्बर फारमवाला २ जनाले पनि निबेदन दिएका छन् । गाउकार्यपालिकाले गत भदौ ५ गतेको बैठकले ब्यवस्थित बसोबास ब्यवस्थापन समिति सम्बन्धी कार्यबिधी पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(२) को ‘झ’ तथा दफा १०२ मा यस्तो समिति बनाउन सक्ने अधिकार रहेको छ । सोही अधिकार प्रयोग गरी रोङ गाउपालिकाले कार्यबिधि तयार गरी लागु गरेको थियो ।

कार्यबिधी अनुसार गाउपालिकाले ब्यवस्थित बसोबास ब्यवस्थापन समिति गठन गरेको थियो । टंकबहादुर थापा मगरको अध्यक्षतामा बनेको समिति को सदस्यहरुमा तारा ढुङगाना दौलथकुमार राई पूर्ण राई र बीरबहादुर लेप्चा सदस्य रहेका छन् ।