Spread the love

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गठन गरेको नगरस्तरीय खेलकुद समितिको सदस्य पदबाट बिर्तामोड ५ का विकास गिरीले राजीनामा दिएका छन् ।

बिर्तामोड नगरपालिकाले फागुन २८ गतेको निर्णयबाट गठन गरेको समितिमा उनी सदस्य थिए । तर, सदस्यको जिम्मेवारीप्रति घोर आपत्ति जनाउँदै विज्ञप्तिमार्फत समितिमा रहन इच्छुक नरहेको जनाएका छन् । नगरपालिकाले टीका संग्रौलाको संयोजकत्वमा १३ सदस्यीय समिति गठान गरेको थियो ।

खेलकुदलाई नगरमा चलायमान बनाउँदै युवालाई परिचालन गर्ने खेलकुद समितिमा ९० प्रतिशत खेल क्षेत्रको अनुभव नभएका सहभागी गराएको, खेल क्षेत्रको न्यूनतम मर्म नबुझेकालाइ समावेश गरिएको भन्दै उनले नगर प्रमुख ध्रुवकुमार सिवाकोटीलाई समिति गठन गर्दा अनुभवी, विज्ञ तथा जानकारलाई समावेश गर्न सुझाव पनि दिएका छन् ।