काठमाडौं । विश्व फुटबल महासंघ-फिफाले जारी गरेको महिला फुटबलको पछिल्लो वरियताक्रममा नेपाल पाँच स्थान माथी उक्लिएको छ। नेपाल एक सय ३ औँ स्थानमा रहेको छ।
दक्षिण एसियाका टोलीमध्ये भारत ६३ औँ, बंगलादेश १२७ औँ स्थानमा, श्रीलंका १३४ औँ स्थानमा,मालदिभ्स १३६ औँ स्थानमा र भुटान १५० औँ स्थानमा छ। एसियाली टोलीमध्ये अस्ट्रेलिया छैटौँ र जापान सातौँ स्थानमा छ।
विश्व वरियताक्रममा अमेरिका पहिलो र जर्मनी दोस्रो स्थानमा छ। एक स्थान माथी उक्लिएको इङ्ल्यान्ड तेस्रो र एक स्थान तल झरेको फ्रान्स चौथोमा छ।
नेपालले केही साता अघि सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेको थियो। प्रतियोगिता भारतले जितेको थियो।