शिवसताक्षी । झापाली पत्रकार छविलाल दवाडीलाई पत्नीशोक परेको छ ।

नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका पार्षद्, सताक्षी प्रेस क्लब शिवसताक्षीका पूर्व अध्यक्ष, सतासी साप्ताहिक खबर पत्रिकाका सहसम्पादक दवाडीकी श्रीमती अनिताको ५९ वर्षको उमेरमा मंगलबार दिउँसो ३ः२५ बजे निधन भएको हो । शिवसताक्षी ११ दूधेस्थित घरमा बसिरहेको बेला अचानक लडेको र उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल लैजादै गर्दा बाटैमा निधन पारिवारिक स्रोतले जनाएको छ ।

दवाडीका छोराबुहारी राम-शोभा रहेका छन् । २०२१ साल माघ २३ गते दक्षिण सिक्किम भारतमा जन्मिएकी अनिताको विस २०३१ फागुन २५ गते पत्रकार छविलालसँग विवाह भएको थियो ।

उनी ‘लो ब्लड प्रेसर’बाट पीडित थिइन् । स्वर्गीय दवाडीको बुधबार बिहान १० बजे कनकाई माई पश्चिम तटीय घाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।