बिर्तामोड । झापाको अर्जुनधारा ६ स्थित माता मन्दिर नजिकै आहा हाम्रो खाजा घर नामको होटल खुलेको छ । खाजा घरको बुधबार एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्धघाटन गरे ।

बैदेशिक रोजगारीको सिलसिलामा लामो समय होटल क्षेत्रमै बसेर काम गरेर अनुभव बटुलेका राजु खानले ५ लाख लगानीमा उक्त खाजा घर सञ्चालनमा ल्याएका हुन् । सञ्चालक खानका अनुसार खाजा घरले बिर्तामोड क्षेत्रको ३ किलोमिटरसम्म निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरेको छ ।

सफा, शुद्ध, सस्तो र मिठो खाजा पाउनुका साथै खाजा घरमा नेपाली खानाका प्रकारसँगै चाइनिज र इन्डीयन, कन्टिनेन्टल लगायतका परिकारहरु पनि उपलब्ध हुने बताइएको छ ।