बिर्तामोड । झापामा निषेधाज्ञा पुनः थप भएको छ । यसअघि डीसीसीएमसीको बैठकले जेठ १४ गते रातिसम्म निषेधाज्ञा जारी गरेको थियो ।
आज बसेको बैठकले पुनः जेठ १५ गतेदेखि २१ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरेको रेडक्रम झापाका सभापति लोकराज ढकालले जनाकारी दिए ।
कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएकोमा अब नेपाल स्काउट प्रदेशको ३ वटा टोलीले झापाका सबै पालिकामा व्यवस्थापन गर्ने बैठकबाट निर्णय भएको छ ।
जसका लागि सुरक्षित आवास र खाना, यातायातको सुविधा र पीपीई सेटको व्यवस्था गर्न सम्बन्धित पालिकालाई अनुरोध गर्ने पनि बैठकबाट निर्णय भएको छ ।
आज अपरान्ह प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बैठक बसेको थियो ।