बिर्तामोड । दैनिक ४ देखि ८ जनासम्म कोरोना संक्रमणबाट मृत्यु हुँदै आएको झापामा आज कुनै पनि झापालीकाे ज्यान गएकाे छैन ।
आज २ जनाको काेराेना संक्रमणबाट ज्यान गयाे तर उनीहरू झापा जिल्ला बाहिरका हुन् । उपचारका क्रममा दुई जना कोरोना संक्रमितको झापाका अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा एक महिला र अर्का पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार मोरङ रतुवामाई ४ का ६२ वर्षिय बृद्धको दमकको आम्दा अस्पतालमा मृत्यु भएको हो भने तेह्रथुम आठराई ५ की ४८ वर्षिया महिलाको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ ।