झापा । अर्जुनधारा नगरपालिकाका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अर्जुनधारा ८ का ९० वर्षीय बृद्धको उपचारका क्रममा आइतबार राति ९ बजे मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । उनलाई जेठ १७ गते एन्टिजेन रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारकै क्रममा रिपोर्ट पोजेटिभ आएका ढकाल थरका बृद्धको बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो । उनको अन्त्येष्टि आज बिहान नेपाली सेनाले कनकाई माइमा गरेको छ ।

यो सँगै अर्जुनधारामा दोस्रो भेरियन्टको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।