झापा । गएराति मेचीनगरमा कपडाको क्र्याक बेन्डेजले बाँधेर एक जनाको हत्या गरिएको छ ।
मेचीनगर ५ इँटाभट्टा अँधेरी टोल बस्ने ४० वर्षिय भिमराज लिम्बूलाई क्र्याक बेन्डेजले बाँधेर हत्या गरिएको हो । राति ८ः४० बजे अँधेरी टोलस्थित ग्राभेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा उनको शव फेला परेको थियो ।
घटनामा संलग्न मेचीनगर ५ बस्ने ५६ वर्षिय सुकराज लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछ गर्ने क्रममा आपसी झगडा हुँदा आफूले खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको कुरा लिम्बूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।