झापा । सरकारले प्रतिवन्ध लगाएको समयमा नदीजन्य पदार्थ उत्खनन् र ओसार पसारमा संलग्न २४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा अर्जुनधाराबाट ४ वटा हाइवा टिपर र ४ वटा ट्याक्टर रहेका छन् ।

मंगलबार, बुधबार र विहीबार नियन्त्रणमा लिएका २४ वटा सवारी साधनमध्ये १८ वटा टिपर, ५ वटा ट्याक्टर र एउटा पिकअप रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

मेचीनगर र अर्जुनधाराका खोलाबाट ढुंगागिटी उत्खनन र ओसारपसार गर्ने सो संख्याका गाडीलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रदेश-२-०३-००१-ख-३१८०, प्रदेश-२-०३-००१-ख-३१८९, प्रदेश-२-०३-००१-ख–३२७०, प्रदेश-२-०३-००१-ख-३२६८ नम्बरको टिपर र मे १ त ५३२८, मे १ त ७६५४, मे १ त ४०६०, प्रदेश-१-०१-००१-त-८०४६ नम्बरको ट्याक्टर अर्जुनधारा-४ स्थित विरीङ खोलाबाट शनिश्चरे प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।

त्यसमध्ये मे १ त ५३२८ ट्याक्टरलाई अर्जुनधारा नगरपालिकाले कारवाही गरेको छ । सो ट्याक्टरलाई नगरपालिकाले १० हजार जरिवाना गराएको डिएसपी थापाको भनाइ छ ।

त्यस्तै बालुवा लोड गरिएको मे १ च २००५ नम्बरको पिकअप विरीङ खोलाबाट इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको पिकअपलाई बुद्धशान्ति गाउँपालिकाले १० हजार जरिवाना गराएको छ ।

त्यसैगरी प्रदेश ०३-००१-क-००९९, प्रदेश ०३-००१-क-००९१, प्रदेश ०३-००१-क-००९२, प्रदेश ०३-००१-क-००९३, प्रदेश ०३-००१-क-००९७, ना १ क ७८९३, बा प्र ०३-००१-क-००२७३, बा प्र, ०३-००१-क-०२८८ र नम्बर उल्लेख नभएको अन टेस्ट दुई वटा टिपर मेचीनगर-३ स्थित दोकान डाँडाबाट इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको हो ।

यसैरी नैे प्रदेश ०३-००१-क-०२८९, प्रदेश ०३-००१-क-२३४, प्रदेश ०३-००१-क-००९८ र प्रदेश ०३-००१-क-००१५ नम्बरको टिपर दोकान डाँडाबाटै अस्थायी प्रहरी चौकी इँटाभट्टाले नियन्त्रणमा लिएको हो । । नियन्त्रणमा लिएका ट्याक्टरहरुको मेचीनगर नगरपालिकाले ५ हजार जरिवाना गराएको छ ।

आज पनि मेचीनगर-१० स्थित धुलाबारी क्षेत्रबाट मे १ च ६९०४ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । उक्त ट्याक्टरलाई नगरपालिकाले ५ हजार जरिवाना लिएर छोडेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

ती टिपरहरूले स्टक प्रमाणित नगराएको र पुरुवा मिक्स गिट्टी ओसारपसार गरिरहेका बेला नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सरकारले असार, साउन र भदौ महिनासम्मका लागि खोलाबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ ।