झापा । नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघ झापाका पदाधिकारी बिभिन्न ठाउँमा समस्यामा परेका सिलाइ ब्यबसायी तथा अति बिपन्न परिवारलाई राहत दिन घर घर पुगेका छन् ।
संघले सिलाइ ब्यबसायी कोभिड १९ आपतकालिन राहत कोषको स्थापना गरि प्राप्त सहयोग रकमबाट बिहीबार अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका सिलाइ ब्यबसायी तथा अति बिपन्न ५ घरपरिवारलाई २५ केजी चामल, १ लिटर खाने तेल, २ केजी दाल र १ केजी नुन गरि प्रतिपरिवार २ हजार २३० का दरले राहत वितरण गरेको हो ।
कोषका संयोजक हरि नेपालीका अनुसार जिल्लामा सिलाई व्यवसाय संचालन गरेर बसेका व्यवसायीलाई कोभिड १९ बाट संक्रमित भइ उपचारमा आर्थिक समस्या देखापरेमा तथा जीवनयापनमा समस्या आए राहत दिनका लागि कोष स्थापना गरिएको हो ।
कोरोना कहरमा सिलाइ ब्यबसायीमा विभिन्न समस्याहरु देखा परेको हुदाँ संघले राहत तथा उपाचार लगायतको ब्यवस्था गर्न सुरु गरेको संघ झापाका अध्यक्ष दिलिप सुन्दासले बताएका छन् ।