राजगढ । लगातार वर्षाका कारण झापाकाे बाह्रदशी गाउँपालिकाका दुई घर डुबानमा परेका छन् ।
बाह्रदशी वडा नं १ बोक्राझारीका घर डुबानमा परेका हुन् । हिमाली मार्ग छेउबाट बग्ने पैनीको पानीले ग्रहण राजवंशी र माताल मर्डीको घर डुबानमा परेको वडा सदस्य सुकुल मुर्मूले बताए ।
उनले हिजोदेखि लगातार परिरहेको मुसलधारे वर्षाका कारण बाह्रदशी १ का अन्य केही घरमा पनि पानी पसेको जानकारी दिए ।