झापा । ईलाका प्रहरी कार्यालय कुमरखोद झापाले भारतबाट अवैध रुपमा लुकाइछिपाई ल्याएको ६० केजी माछा खाल्डोमा पुरेर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापावाट खटिएको सादा पोशाकको प्रहरी टोलीले झापा गाउँपालिका वडा ४ को गोपीचोकमा लकडाउनको मौका छोपी भारतबाट लुकाइछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा ६० केजी माछा बरामद गरेको थियो ।
बरामद भएको माछाहरु मुंग्री जातका रहेको ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक नारायण प्रधानले बताए । ती माछाहरुलाई स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानीयको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको प्रनानि प्रधानले जानकारी दिए ।