एकतप्पा, इलाम । पोखरी एफसीको चुनौती समाप्त गर्दै मोरङ उर्लाबारीको योङ ब्वाइज एफसी इलामको फाकफोकथुम ७ स्थित सिकारी भञ्ज्याङमा आयोजित चौथो एकतप्पा गोल्डकपको च्याम्पियन बनेको छ ।
स्थानीय सिंहदेवी माविको खेलमैदानमा आज भएको फाइनल खेलमा पोखरी युथलाई सडनडेथमा पराजित गरेर उर्लाबारीले उपाधि चुमेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पनि बराबरी गोल भएपछि खेल सडनडेथमा पुगेको थियो । खेल सुरु भएको ३ मिनेटमै बबिन बोहोराले गोल गर्दै उर्लाबारीलाई अग्रता दिलाएका थिए ।
तर, ३१औँ मिनेटमा पोखरीका लागि आयुश सुब्बाले बराबरी गोल फर्काएका थिए । सडनडेथमा भने उर्लाबारी ५-४ गोलको नतिजाबाट भाग्यमानी सावित भयो ।
विजेता उर्लाबारीले नगद १ लाख ५० हजारसहित ट्रफी पायो भने उपविजेता पोखरीले नगद ७५ हजारमा चित्त बुझायो । गाेल्डकप फाकफाेकथुम ७ काे क्रिएटिभ साेसियल स्पाेर्टिङ एफसीले आयाेजना गरेकाे हाे ।