झापा । झापा बिर्तामोडको दुई स्थानबाट २ युवती र २ युवा लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।

हिजो बेलुका ४ बजे बिर्तमोड ५ जात्रुबारीबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलिग्रामसहित पक्राउ गरेको हो ।

यसैगरी, हिजै बेलुका ५ बजे बिर्तामोड १ चारपानेबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ कि देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सीता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्रामसहित पक्राउ गरेको छ ।

पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।