बिना नम्बर प्लेटका सवारीमा नम्बर लगाइँदै । फाइल तस्वीर ।

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०७७–७८ मा ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सो वर्ष ५३ हजार एक सय सवारी साधनलाई कारबाही गर्दा उक्त रकमको राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनुभयो ।

ट्राफिक नियम विपरीत सञ्चालन भएका बस, ट्रक, ट्रयाक्टर, कार, मोटरसाइकल, टेम्पो लगायतका सवारी साधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।

गतबर्ष ४ करोड ५ लाख ५४ हजार ५ सय राजश्व सङ्कलन भएकोमा यस वर्ष कोरोना कहरका कारण राजश्व सङ्कलनमा कमी भएको खड्काको भनाइ छ ।