झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर ४ बस्ने १८ बर्षिय दिलबहादुर मगर रहेका छन् । उनलाई हिजो (आइतबार) साँझ ६ः१० बजे प्रहरी चौकी बाहुनडाँगी र सशस्त्र प्रहरीको बिओपी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

मेचीनगर ४ राईसिंगको नेपाल भारत सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा मगरलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ९ ग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।