धनकुटा । जिल्लामा २८ हजार नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका ९ मूलघाटमा सोमबार राति प्रहरीले एक हजार दरका २८ वटा नोटसहित धनकुटा १ हिलेका युवालाई पक्राउ गरेको हो ।

बरामद नोट एउटै नम्बरका छन् । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण दिने बताएको छ ।

चाडपर्व नजिकिएसँगै नक्कली नोटका कारोबारी सक्रिय रहेको हुन सक्ने धनकुटा प्रहरीले जनाएको छ । इकान्तिपुरबाट