बिर्तामोड । झापा कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित बन्दै गरेको एउटा घरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
स्थानीय दुर्गा नेपालको निर्माणधीन २ तले घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् ।
आज बिहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागी बिएन्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको थियो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिइएर थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।