धरान । अविरल वर्षाको कारण घर पुरिँदा धरान १३ मा दुई बच्चाको मृत्यु भएको भएको छ ।

 

धरान १३ नागेश्वर मार्गका निसान राईको ८ वर्षीया छोरी निसु राई र ४ वर्षीय छोरा निहान राईको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।

 

निरन्तरको बर्षासँगै आज दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो खसेको थियो । पहिरो झर्दा १ तले टिनको छाना भएको घर पुरिएको थियो । त्यसबेला घरभित्र रहेका दुई जना बच्चासमेत पुरिएका थिए ।

 

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानको टोली उद्दारको लागी खटिएको थियो । प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुई जना बच्चालाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

 

मृत बच्चको शव वीपी कोइराला स्वास्थ्य विज्ञानत प्रतिष्ठान लगिएको छ ।