झापा । भद्रपुर विमानस्थलबाट २२ हजार ६ सय डलरसहित एक जना भारतीय युवालाई नियन्त्रणमा लिई झापा प्रहरीले अनुसन्धान थालेको छ ।

 

भद्रपुरबाट काठमाडौं जान विमानस्थल पुगेका भारत पश्चिम वंगालका दुर्लव रोयलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार अ‍ेमेरिकी डलर जस्तो नोट फेला परेपछि अनुसन्धान थालिएको छ । रोयलाई प्रहरीले चेकजाँचको क्रममा उनको साथबाट अमेरिकी डलर जस्तो देखिने खोटा मुद्रा फेला पारेको थियो ।

 

गत बिहीबार प्रहरीले ५ः२० बजे रोयलाई पक्राउ गरि झापा जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि राखेको छ । प्रहरीले झापा जिल्ला अदालतमा पेश गरी मुद्रा सम्बन्धि कसुर अपराध शीर्षकमा म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

 

उनको साथबाट पासपोर्ट, २ सय २६ थान १०० डलरका अमेरिकी नोट, भारतीय आधार कार्ड बरामद भएको छ ।