बिर्तामोड । प्रतिबन्धित ब्राउन सुगरसहित मंगलबार बेलुका कनकाई नगरपालिकाका एक युवा पक्राउ परेका छन् ।

 

कनकाई नगरपालिका ७ स्थित बिरिङमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा कनकाई ३ निवासी सूप्रकाश राईलाई पक्राउ गरेको हो ।

 

मंगलबार साँझ ६ बजेतिर बिरिङमा २८ वर्षीय राईलाई ५ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।