काँकरभिट्टा । झापामा मलद्वारमा लुकाई ल्याउँदै गर्दा ठूलो परिमाणको ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् ।

 

शुक्रबार साँझ ४ः५५ बजे मेचीनगर ४ राईसिङस्थित प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर ४ का ३७ वर्षीय सम्बरबहादुर आलेमगरलाई पक्राउ गरेको हो ।

 

प्रहरी टोलीले शंका लागेर भारतबाट नेपालतर्फ आउदै गरेको डब्ल्यू बी ७४ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालकले मगरले मलद्वारमा च्यापेर लुकाई छिपाई ल्याउँदै गरेको १४ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

 

मगरलाई मोटरसाइकलसहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।