विरानगर। मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

 

लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका पथरी शनिश्चरे २ का २४ वर्षीय राजु मोते भनिने विवेक मोते विराटनगरको १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुलसहित पक्राउ परेका हुन् ।

 

त्यसैगरी दुहबी सीआरभीबाट खटिएका प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ वर्षीय किरण थापामगर र सोही स्थानका ३१ वर्षीय रामकुमार यक्चोलाई एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुलसहित दुहबीबाट पक्राउ गरेको हो ।

 

लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।