झापा । झापाकाे बिर्तामाेडबाट चोरी गरेको मोटरसाईकलसहित झापा र इलामका तीन जना युवा पक्राउ परेका छन् ।
झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा विभिन्न कम्पनीका मोटरसाइकल हराएको तथा चोरी भएको भनी जनगुनासो बढ्न थालेपछि खोजतलासका लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका वडा नं ९ का २१ वर्षीय आशिष सुब्बा, वडा नं ८ का २१ वर्षीय विवेक घिमिरे र बिर्तामोड नगरपालिका वडा नं ३ बिर्ताबजारका २६ वर्षीय रंजित राजवंशी रहेका छन् ।
उनीहरुलाई चोरी गरेको मे. ६ प २५०५ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल र मे. ११ प ९७३५ नम्बरको १५० सिसीको एफजेट मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई मंसिर १६ गते पक्राउ गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।