झापा । झापाको मेचीनगर नगरपालिका ६ मेची पुल छेउबाट नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

लागुऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक ५ का ३६ वर्षीय राजु बिकलाई ८ ग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित आइतबार बिहान साडे ११ बजे पक्राउ गरेको हो ।

 

लागुऔषधसहित पक्राउ परेका बिकको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाउको छ ।