बिर्तामोड । झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनको राप्ती ४ निवासी १९ वर्षीय किसन सेन्चुरी, ताप्लेजुङको भुइँखोला ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी ४ निवासी २३ वर्षीय अनिल विक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार दमक नगरपालिका २ स्थित भाङवारीमा मंगलबार राति प्र. १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो ।
एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए । उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।