तेह्रथुम । गाउँको विवाहमा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ ।
तर, सेलिब्रेटीहरूले गरे पनि नेपालजस्तो देशमा सामान्य नागरिकले हेलिकोप्टर चार्टर गरेर विवाह गरेको कमैमात्र सुनिएको, देखिएको छ ।
तर, छथर गाउँपालिका २ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बूको विवाहमा हेलिकोप्टर चार्टर गरेर बेहुली भित्र्याइएको छ । काठमाडौं थानकोटकी बेहुली सिम्रन क्षेत्रीलाई हेलिकोप्टर चार्टर गरि भित्र्याइएको हो ।
काठमाडौंदेखि तेह्रथुमसम्मको भाडा २ लाख ७० हजार परेको परिवारजनले जानकारी दिए । बेहुली सम्पन्न परिवारकी र साना सवारी साधनमा यात्रा गर्न समस्या भएकाले हेलिकोप्टर चार्टर गर्नुपरेको परिवारले जनाएका छन् । लिम्बू भने सामान्य परिवारका हुन् । इमेज खबरबाट