झापा । झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको औषधि बरामद गरेको छ । आठ लाख एकचालीस हजार तीन सय सन्तानब्बे रुपैयाँ बराबरको विभिन्न औषधिहरु प्रहरीले बरामद गरेको हो।
सोमबार कचनकवल गाउँपालिका वडा नं १ कुट्टिमा भारतबाट नेपालतर्फ आउँदै गरेका २ पुरुषले अवैध ढंगले ल्याउँदै गरेको औषधि प्रहरीले बरामद गरेको हो। कुट्टिबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखिपछि ती पुरुषहरु बोरा छाडेर भागेको प्रहरील जनाएको छ ।