पाँचथर । कुचोले भाउ पाएपछि पूर्वी पहाडी जिल्लाका कृषकहरु उत्साहित भएका छन् ।

 

गतवर्ष प्रतिकेजी ५० देखि ६० रुपैयासम्म बिक्री भएको कुचो यसवर्ष १ सय ३० देखि १ सय ५० रुपैया प्रति केजीसम्ममा बिक्री भएपछि कृषकहरु खुशी भएका छन् । पाखा भित्ता, बारीमा लगाईने अम्लिसोको फूलको रुपमा फूल्ने कुचोको भाउँ आएपछि आफूहरु दंग परेको मिक्लाजुङ २ का कृषक किसान बहादुर पाण्डले बताउनुभयो ।

 

गतवर्ष ५० देखि ६० रुपैयाँसम्म पनि बिक्री गर्न सकिएन तर यसवर्ष १ सय ३० रुपैया केजीका दरले घरमै ब्यापारीलाई कुचो बिक्री गरेको उहाँले बताउनुभयो । घाँसको रुपमा लगाइने अम्लिसो बाट घाँस र कुचो दुवै हुने भएपछि कृषकहरु अम्लिसो खेतीतर्फ आकर्षित बनेका छन् ।

 

पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा लगायतका पूर्वी पहाडी जिल्लाहरुमा कुचो खेती हुने गरेकोछ । इमेज खबरबाट