इलाम । इलामको माई नगरपालिका १ स्थित तेह्रकुने सिमसार पोखरीमा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तेज बहादुर राईको ११ बर्षीय छोरा बर्धन राई रहेका छन् ।

 

हिजो दिउँसो साढे ११ बजे मृतक राई साथीहरुसंग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबी बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएका राईको पोखरीमा खोज तलास गर्ने क्रममा प्रहरी चौकी दानबारीबाट खटिएको प्रहरी टोलीले पानीमा डुबी मृत अवस्थामा फेला पारेको हो ।

 

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।