मोरङ । मोरङको विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय छन् ।

 

प्रहरीका अनुसार विराटनगर ९ का ४० वर्षीय मो. ताहिर अन्सारी र सोही स्थानका २९ वर्षीय मो. आलमलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार बिहान ९ बजे विराटनगर महानगरपालिका ७ मा पार्किङ गरी राखिएको को. ४ प ९७२५ नम्बरको टिभिएस कम्पनिको मोटरसाइकल चोरी गरी भारततर्फ लैजाने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।