बिर्तामोड । लागुऔषध मुद्दामा फरार रहेका झापा दमकका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतले २०७६ जेठ ५ गते फैसलाबमोजिम लागुऔषध मुद्धामा फरार रहेका दमक ७ का तेजबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो शनिबार पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त आज झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो ।
अदालतको आदेशले ३९ वर्षीय मगरलाई कैद भुक्तानको लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी वसन्त पाठकले जानकारी दिए ।