सुरुङ्गा । ग्रामीण पत्रकारिताबाट समाज रुपान्तरणमा अग्रणी भूमिका खेलेको भन्दै रोटरी क्लब अफ सुरुङ्गाले झापाली पत्रकार दिपीन राईलाई सम्मान गरेको छ ।
करिब तीन दशकदेखि गाउँमै रहेर सामाजिक सेवासँगै ग्रामीण जनताको पिर मर्कामा कलम चलाएको भनी पुरस्कार छनौट समितिले पत्रकार राईको नाम सिफारिस गरेको थियो । पत्रका राई झापा अर्जुनधाराबाट प्रकाशित हुने यलम्बर टाइम्स साप्ताहिकका सम्पादक हुन् ।
हेमकला/टीकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित राईलाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
छनौट समितिमा क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी कुमारमणि पोख्रेल, पत्रकार महासंघ झापाकाउपाध्यक्ष केशव भट्टराई र दाता परिवारको तर्फबाट राम निरौला रहेका छन् ।
कनकाई नगरपालिकाका प्रेस क्लब अध्यक्ष राम निरौलाले आफ्ना बुवा टीकाराम र आमा हेमकला निरौलाको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् । रोटरी क्लब र रोटर्याक क्लबको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमका अवसरमा गरिएको सम्मानमा पत्रकार राईको जीवनीबारे छनौट समिति तथा दाताको तर्फबाट निरौलाले चर्चा गरेका थिए ।