मोरङ । मोरङको विराटनगर महानगरपालिका १६ दरैयाबाट अवैधरुपमा भित्र्याउँदै गरेको लत्ताकपडा र खाद्यान्न प्रहरीले बरामद गरेको छ । हिजो बेलुका साढे ७ बजे बिशेष सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भन्सार छली गरी नेपालतर्फ आउँदै गरेको मे. १ च २२८६ नम्वरको मारुती भेनमा करिव ५ लाख १३ हजार ७ सय मूल्यबराबरको विभिन्न किसिमका लत्ताकपडा र खाद्यान्नसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी, इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ स्थित रानी बस पार्कबाट अवैधरुपमा भन्सार छली नेपालतर्फ ल्याउँँदै गरेको ७६ हजार ९ सयबराबरको खाद्यान्न र विभिन्न किसिमका कपडा बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।