पथरी । मोरङको कानेपोखरीस्थित ग्रामीण सुधार सामुदायिक वनबाट चोरी भएको ठूलो परिणामको अवैध काठ प्रहरीले वरामद गरेको छ । कानेपोखरी गाउँ पालिकाका विभिन्न सामुदायिक वनहरूमा अवैध रुपमा काठ चोरी निकासीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले वरामद गरेको हो।

 

सशस्त्र प्रहरी बेस क्याम्प पथरी शनिश्चरे, सव डिभिजन वन कानेपोखरी, ग्रामीण सुधार वनसहितको टोलीले गोप्य सूचनाका आधारमा कानेपोखरी ६ माझी टोल र मयुर काष्ठ मिल कानेपोखरी ४ रमाइलोबाट ४५.९९ क्यूफिट सालको गोलिया र चिरान काठ वरामद गरेको छ ।

 

सव डिभिजन वन कार्यालय, कानेपोखरी मोरङको मातहतमा रहेका ती सामुदायिक वनहरूमा पछिल्लो समय काठ चोरीनिकासीका घटनाहरू बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।

 

चोरीको घटनामा संलग्न रहेको भन्ने जानकारी अनुसार कानेपोखरी ६ का दिलिप माझीलगायत उनीहरूले प्रयोग गरेको सवारी साधन समेतको खोजी कार्य तीव्र रहेको ग्रामीण सुधार वनका अध्यक्ष नवीन राईले बताए ।