तेह्रथुम । जिल्लाका ग्रामीण क्षेत्रका किसानहरू अकबरे खुर्सानी खेतीमा आकर्षित हुन थालेका छन् । पछिल्लो समय छथर गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत पनि अकबरे खुर्सानी खेती बनेको छ ।

 

पुख्यौली खेतीले जीवन निर्वाह गर्न मुस्किल भएपछि किसानहरूले अकबरे खेती रोजेका हुन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका किसानहरू अकबरे खेतीमा आकर्षित भएका हुन् । किसानहरूले १ देखि ५ रोपनीको क्षेत्रफलमा खेती गर्दै आएका छन् । अकबरेबाट राम्रो आम्दानी लिन थालेसँगै उनीहरू हौसिएका हुन् ।

 

अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खेती नै रोजेके किसान पवित्रा बराइलीले बताइन् । बजार व्यवस्थापनको समस्या नभएका कारण किसानलाई यो खेतीबाट परिवार धान्न सजिल्लो भएको छ ।

 

यहाँ उत्पादन भएको अकबरे खरिदका लागी व्यापारीहरू घरमै आउने गर्छन् । यहाँ उत्पादन भएको अकबरे २ सयदेखि ४ सय रूपैयाँ प्रति केजीमा बिक्री हुँदै आएको छ । इमेज खबरबाट