बिर्तामाेड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा ११ बस्ने अन्दाजी ३५ वर्षीय लालबहादुर दर्जी रहेका छन् ।
हिजो साँझ ७ः३० बजे अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा ११ स्थित चिया बगानमा शंकास्पद अवस्थामा हिँडिरहेका दर्जीलाई पक्राउ गरेको हो ।
दर्जीलाई चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउनसुगर र २ ग्राम १३ मिलिग्राम गाँजा फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।