धनकुटा । जोन इकाई क्षेत्र रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ९ वटा वडाबाट गएको आर्थिक वर्षमा ४२ करोड ४५ लाख ५८ हजार मूल्य बराबरको तरकारी निकासी भएको छ ।

 

महालक्ष्मी नगरपालिकाका ४ वटा वडा र छथरजोरपाटी गाउँपालिकाका ५ वडाको १ हजार २ सय २० हेक्टरमा गरिएको खेती बाट उक्त मूल्यबराबरको तरकारी निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई धनकुटाका नायब प्राविधिक धर्मराज कटुवालले जानकारी दिए ।

 

इकाईका अनुसार गएको आर्थिकमा यस क्षेत्रमा बन्दा, काउली, मूला, रायोसाग, मटरकोसा लगायतको २७ हजार ८ मेट्रिकटन तरकारी उत्पादन भएको र २४ हजार ५ सय ७७ मेट्रिकटन तरकारी जिल्लाबाहिर निकासी भएको छ । इमेज खबरबाट